चर्चित समाचार
  • पिजनका घरेलु प्रयोगका उपकरण नेपाली बजारमा

    पिजनका घरेलु प्रयोगका उपकरण नेपाली बजारमा

    मंगलवार, फागुन ८ २०८०
    मंगलवार, फागुन ८ २०८०
  • पिजनका घरेलु प्रयोगका उपकरण नेपाली बजारमा

    काठमाडौँ / लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रोन प्रालिले भारतको होम एन्ड किचन सोलुसन्स ‘पिजन’ ब्रान्डका उत्पादन नेपालमा सार्वजनिक गरेको छ । 

    लक्ष्मी इलेक्ट्रोन र पिजनका अधिकारी तथा ३० भन्दा बढी प्रमुख डिलरको उपस्थितिमा मिक्सर, ग्राइन्डर, आइरन, इन्डक्सन कुकटपलगायत उत्पादन प्रदर्शन गर्दै नेपालमा सार्वजनिक गरिएको हो ।  

    भारतको बैंगलोरमा केन्द्रीय कार्यालय रहेको ‘पिजन’ले नेपाली ग्राहकलाई उच्च गुणस्तरीय होम एन्ड किचन सोलुसन्स सामग्री प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने जनाइएको छ ।

    लक्ष्मी ग्रुपका निर्देशक अनुकूल श्रेष्ठले पिजनको सम्बन्ध कम्पनीको नेपाली बजारमा पाइला राख्ने प्रयासमा अर्को कोसेढुंगा भएको बताए । त्यस्तै, पिजनका अधिकारीले पनि लक्ष्मी इलेक्ट्रोनसँगको दीर्घकालीन साझेदारी हुने विश्वास व्यक्त गरेको जनाइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार