images
images

विदेशी लगानीकर्ताको रकम फिर्ता लैजाने प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा  केके छन्

विदेशी लगानीकर्ताको रकम फिर्ता लैजाने प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा  केके छन्

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • विदेशी लगानीकर्ताको रकम फिर्ता लैजाने प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा  केके छन्
    images
    images

    काठमाडौं/  आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि भन्दै सरकारले ल्याएको अध्यादेश सकारात्मक र दुरगामी महत्वको रहेको निजी क्षेत्रले जाएको छ ।

     
    विशेष गरी नेपाल चेम्बर अफ कमर्सले विज्ञप्ति निकाल्दै रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा हुनुर राम्रो भएको बताएको छ । 

    सार्वजनिक सेवा सुधार गर्दै व्यवसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश सकारकात्मक रहेको चेम्बरले उल्लेख गरेको छ ।
    चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक सेवा सुधार, र आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिववृद्धि गर्न अध्यादेश आएको छ यसले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास लिएका छौं ।’

    अर्थतन्त्रको सुधार एवं लगानीमैत्री वातावरणका लागि चेम्बर अफ कमर्सले कानुनी पाटो सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।

    वर्तमान अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार प्रतिवद्ध रहेको देखिएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो । रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा उल्लेखित व्यवस्थाको चेम्बरले स्वागत गरेको छ ।

     यसले मुलुकभित्र लगानीको राम्रो वातावरण रहेको सन्देश जाने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।  उनले भने, ‘चेम्बरले अन्तराष्ट्रिय लगानीकर्ताका लागि लगानी सम्मेलनका क्रममा उठाएको इजी  इन्ट्री र इजी एक्जिटको विषय सम्वोधन भएको छ । ’ 

    सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान आईटी क्षेत्रको विकासका लागि काशेढुङ्गा भएको चेम्बरको ठहर छ । 

    आर्थिक तथा व्यवसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि सम्वन्धी अध्यादेशबाट विभिन्न ११ वटा र सुशासन प्रर्वद्धन तथा सार्वजनिक सेवा सम्वन्धी अध्यादेशबाट १३ वटा कानुनमा संशोधन हुनु अर्थतन्त्रको दिगो विकासका लागि महत्वपुर्ण भएको चेम्बरले उल्लेख गरेको छ ।

    जग्गा बाहेक स्थिर सम्पत्ति वा सम्झौताको धितो राखेर पनि ऋण लिन सकिने व्यवस्थाले अर्थतन्त्र र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने चेम्बरले विश्वास लिएको छ ।

    बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता रहेको सन्र्दभमा अध्यादेशमा उल्लेखित प्रावधानले केही सहजता प्रदान गर्ने अध्यक्ष अग्रवालले  बताए । 

    विशेष आर्थिक क्षेत्र सेज उद्योगलाई प्राथमिकतामा राख्नुलाई पनि चेम्बरले महत्वपुर्ण कमद भनेको छ । विशेष आर्थिक क्षेत्र ऐन २०७३ संशोधन गरी सेजका उद्योगीलाई ७५ प्रतिशत निर्यात गर्ने वाध्यात्मक अवस्थाको अन्त्य हुनुलाई सकारात्मक रुपमा लिएको चेम्बरले जनाएको छ । सेवा क्षेत्रलाई पनि सेजमा आवद्ध गर्ने गरी अध्यादेशमा उल्लेखित व्यवस्थाले सेजमा निजी क्षेत्रलाई  सहजीकरण गर्न खोजिएको चेम्बरले जनाएको छ । 

    हाल सञ्चालनमा रहेका उद्योगहरु विशेष आर्थिक क्षेत्र सेजमा सारिएमा कर छुट दिने व्यवस्थाको स्वागत गर्दै चेम्बरले आन्तरिक उत्पादन देखि बजारीकरणसम्म सहज हुने अपेक्षा समेत गरेको छ । 

    यस्तै विवरण नबुझाएका कारण कम्पनीलाई लाग्ने जरिवानामा ९० प्रतिशत सम्म छुट दिन अध्यादेशमा गरिएको व्यवस्थालाई पनि चेम्बरले स्वागत गरेको छ । यसले औद्योगिक वातावरण केही सहज हुने चेम्बरले उल्लेख गरेको छ।

    अर्थतन्त्रको शिथिलतालाई अन्त्य गर्न अध्यादेश महत्वपुर्ण भएको भन्दै संसदको हिउँदे अधिवेशनबाट अध्यादेश टुङग्याउन समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार