काठमाडौँ / बुधबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
यसअघि सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ रहेकोमा बढेर १ लाख १७ हजार ८ सय ५० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय १० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय १५ रुपैयाँ पर्नेछ ।