images
images

माछापुच्छ्रे बैंकद्वारा भिडियो केवाईसी सेवाको शुभारम्भ, अब खाता खोल्न बैंकसम्म जान नपर्ने

माछापुच्छ्रे बैंकद्वारा भिडियो केवाईसी सेवाको शुभारम्भ, अब खाता खोल्न बैंकसम्म जान नपर्ने

बुधवार, फागुन ९ २०८०
बुधवार, फागुन ९ २०८०
  • माछापुच्छ्रे बैंकद्वारा भिडियो केवाईसी सेवाको शुभारम्भ, अब खाता खोल्न बैंकसम्म जान नपर्ने

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ ।  

    images
    images

    उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सकिने बैंकले जनाएको हो । 

    बैंकको अनुसार यस भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्ने छैन् ।

    यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सकिनेछ । 

    साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने  छ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भीडियो केवाईसी सेवाको उपयोग गरी बैंक सम्म पुग्नु पर्ने झन्झट हटेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार