काठमाडौँ / कुमारी बैंक लिमिटेडका सेयरधनीहरूले यस वर्ष पनि लाभांश नपाउने भएको छ । पुस १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेपछि सेयरधनीहरूले लाभांश नपाउने भएका हुन् ।
बैंकले आर्थिक वर्ष २०७८/७९ पछि लाभांश वितरण गरेको छैन ।
लाभांश वितरण नगर्ने भए पनि बैंकले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू आगामी वार्षिक साधारण सभामा पेस गर्नेछ । यसका लागि बैंकले नेपाल राष्ट्र बैंक समक्ष सो वित्तीय विवरणहरू स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ ।
चालु आर्थिक बर्षको असोज मसान्तसम्म कुमारी बैंकले १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नाफो कमाएको छ भने वितरणयोग्य नाफा भने ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।