काठमाडौँ / सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको हो ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १७ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
यता, चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ रहेको थियो ।