काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ पुगेको छ । यसअघि प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ पर्ने छापावाल सुनको मूल्य आज १ लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि यो चाँदीको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँ रहेको थियो ।
यता, चाँदी प्रतितोला १५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ३ सय ९० रुपैयाँ पर्नेछ ।