images
images

सुनको भाउ प्रतितोला १५ सयले बृद्धि हुँदा नयाँ कीर्तिमान कायम, किन महँगियो सुन ?

सुनको भाउ प्रतितोला १५ सयले बृद्धि हुँदा नयाँ कीर्तिमान कायम, किन महँगियो सुन ?

बिहिवार, फागुन २४ २०८०
बिहिवार, फागुन २४ २०८०
  • सुनको भाउ प्रतितोला १५ सयले बृद्धि हुँदा नयाँ कीर्तिमान कायम, किन महँगियो सुन ?

    काठमाडौँ / पछिल्लो तीन दिन यता सुनको मूल्यले दैनिक नयाँ कीर्तिमान कायम राख्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै बढी हो । बुधबार सुनको भाउ प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ यस अवधिमा १५ सय रुपैयाँले महँगिएको हो । 

    images
    images

    त्यस्तै, तेजावी सुन १ लाख २२ हजार ९ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ । 

    अन्तर्राष्ट्यि बजारमा एक दिनमा सुन १.०६ प्रतिशत अर्थात प्रतिऔँस २२.६३ डलरले बढेर प्रतिऔँस २ हजार १५१.०१ डलर कायम भएको छ ।  

    यता, चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ४ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि चाँदी १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्यि बजारमा चाँदी १.५७ प्रतिशत अर्थात ०.३७ डलरले बढेर प्रतिऔँस २४.०९ डलर कायम भएको छ ।  

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बृद्धि भएसँगै पछिल्लो केही दिन यता नेपाली बजारमा सुनचाँदी महँगो भइरहेको छ । 

    लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफलयोग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ । 

    अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सुनको माग र आपूर्तिलाई भने धेरै विषयले असर पार्छ । अमेरिकासहित शक्तिशाली मुलुकहरुको ब्याजदर घटबढ, ती मुलुकको स्टक मार्केट घटबट, बिजनेस विस्तार तथा रोजगारी घटबढ, ती मुलुकको अर्थतन्त्र चलायमान र अन्तर्राष्ट्रिय द्वन्द्व हुन्।

    त्यस्तै, नेपालले डलरको आधारमा विदेशी राष्ट्रसँग व्यापार गर्ने गर्दछ । डलरको मूल्य बढ्दा नेपालको अर्थतन्त्र प्रभावित भए पनि विश्व बजारमा पछिल्लो समय डलरको विश्वसनीयता कम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष मणिरत्न शाक्य बताउँछन् । 

    उनका अनुसार अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले सुन होल्ड गरेर राख्दा पनि मूल्यमा दबाव पर्छ । त्यस्तै, विश्वव्यापी मन्दीका कारण पनि मानिसहरूले सुनमा लगानी गरिरहेका छन् । साथै, मूल्यवृद्धि र विश्वभरका केन्द्रीय बैङ्कहरूले सञ्चितीका लागि सुन खरिद गर्दा मूल्य प्रभावित भएको हो ।

    अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ बैङ्क)ले सन्दर्भ ब्याजदर घटाउने खुलासा गरिसकेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य धेरै बढेको नेपाली बजार प्रभावित भएको उनले बताए । 

    हाल फेडरल रिजर्भ बैङ्कले सन्दर्भ ब्याजदर न्यूनतम ५.२५ देखि अधिकतम ५.५० सम्मको सीमा तोकेको छ । जुन दर २३ वर्षयताकै उच्च हो । 

    उपभोक्ता मूल्यवृद्धि २ प्रतिशतमा झार्ने रणनीतिअनुसार बैङ्कले बढाएको ब्याजले अर्थपूर्ण रुपमा काम गरिरहेको छ । हाल मूल्यवृद्धि दर ३ प्रतिशतनजिक झरेकाले बैङ्कले ब्याजदर घटाउने जनाइसकेको छ ।

    उनका अनुसार जब अमेरिकी केन्द्रीय बैङ्कले ब्याज घटाउँदै जान्छ, त्यसले सुनतिर लगानी मोडिन जान्छ र माग बढ्न जान्छ । त्यस्तै, अन्तर्राष्ट्रिय व्यावसायिक विस्तारको क्रम साँघुरिएको र लगानी सुरक्षाका लागि सुन छनोटमा परेको उनले बताए । 

    “विश्वव्यापी मन्दीका कारण अहिले उद्योगधन्दाहरूमा गरिएको लगानी सङ्कटमा छ । उनीहरूले सुनमा लगानी बढाउन थाले । सुरक्षाका लागि सुन किनेर होल्ड भइरहेको छ,” उनले भने, “विश्वमा बरोजगारहरूको तथ्याङ्क बृद्धि हुँदै गएपछि उनीहरूको क्रय शक्ति कम भयो । जसले गर्दा उद्योगहरूको व्यापारमा गिरावट आयो र सुनमा लगानी र आकर्षण बढ्यो ।”

    “प्यालेस्टाइन र इजरायलको युद्ध अन्त्य भएको छैन । युक्रेन र रसियाको युद्धको असर र अमेरिका र चाइनाको व्यापारमा सुधार हुन सकेको छैन । विश्वका धेरै मुलुकको आर्थिक वृद्धिदर खुम्चिएको अवस्था छ, विभिन्न प्रक्षेपणले पनि तत्काल सुधार हुने आधार देखाएका छैनन्, त्यसले गर्दा व्यवसाय विस्तारभन्दा पनि लगानी सुरक्षाका लागि अहिले सुन धेरैको रोजाइ बनेको छ,” उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार