काठमाडौँ / महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा आज रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड भएपछि आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिएको छ ।
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो–बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिएको हो ।
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ ।
गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध समेत गरेका छन् ।
आवश्यकता अनुसार डाइभर्सन गरिएका स्थानहरू
चावहिलबाट गौशालातर्फ ।
पुरानो बानेश्वरबाट गौशालातर्फ ।
ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
सिफल चौरबाट जयबागेश्वरीतर्फ ।
लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
तिलगंगाबाट गौशालातर्फ ।
मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।
सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।
तर, मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरूका निजी सवारी साधनहरूलाई ट्राफिक चाप र अवस्था हेरी व्यवस्थापन र डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । मालबाहक सवारी साधनलाई गरिने डाइभर्सन
कोटेश्वर, तिनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरू जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ सञ्चालन हुने,
कोटेश्वर तिनकुने हुँदै पशुपती वरपरतर्फ जाने मालवाहक सवारी साधनहरू तीनकुने आसपास व्यबस्थापन गरिने ।
महाराजगन्ज, चावहिल हुँदै पशुपती वरपर जाने मालवाहक सवारी साधनहरू धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।
पार्किङ्गको व्यवस्थापन गरिएका स्थानहरू
सिफल चौर (दर्शानार्थीहरूको)
कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू)
भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू)
तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरू)
वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरू, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरू)
गुहेश्वरी पारी (तिर्थयात्री, दर्शानार्थीहरूको सवारी साधनहरू)
४. जनशक्ती परिचालन
महाशिवरात्री मेलाको ट्राफिक व्यबस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।
प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाईभर्सन ड्यूटीलगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ।
यस बाहेक बिशिष्ट व्यक्तिहरुको भ्रमण व्यबस्थापन र अन्य स्थानहरूको नियमित गरिने ट्राफिक व्यवस्थापनमा समेत थप जनशक्ती परिचालन गरिएको छ ।