images
images

पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव : कुन प्रदेशको मौसम कस्तो रहला ?

पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव : कुन प्रदेशको मौसम कस्तो रहला ?

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव : कुन प्रदेशको मौसम कस्तो रहला ?

    काठमाडौँ मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको  आंशिक  प्रभाव  रहेको  छ।

    images
    images

    हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया  सफा रहेको  छ  ।

    आज आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने  छ।

    सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेश  सहित  देशका  पहाडी  भूभागमा आंशिक  बदली  रही  बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा  हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

    हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत  कृषि,  स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना  रहेकोले  आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार