images
images

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, एक सातामै प्रतितोला ५ हजारले बढ्यो

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, एक सातामै प्रतितोला ५ हजारले बढ्यो

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, एक सातामै प्रतितोला ५ हजारले बढ्यो

    काठमाडौँ  पछिल्लो केही दिन यता सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम राख्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत आइतबारको तुलनामा यो आइतबारसम्ममा सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले बढेको छ ।

    images
    images

    अघिल्लो आइतबार अर्थात फागुन २० गते प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम भएको छापावाल सुनलाई आज १ लाख २६ हजार रुपैयाँ पर्नेछ । यो हालसम्मकै उच्च हो । शनिबार नेपाली बजार बन्द हुने भएकोले आइतबार खुलेको बजारमा शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

    त्यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको छ । गत आइतबार यो सुनको मूल्य प्रतितोला १ आख २० हजार ४ सय रुपैयाँ कायम भएको थियो । 

    यता, चाँदी भने प्रतितोला पाँच रुपैयाँ मात्रैले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ७० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय ७५ रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार