images
Logo
images
images
images

उपप्रधानमन्त्री श्रेष्ठसँग विभिन्न मुलुकका राजदुतहरुसँग भेट, कसले के भने ?

उपप्रधानमन्त्री श्रेष्ठसँग विभिन्न मुलुकका राजदुतहरुसँग भेट, कसले के भने ?

मंगलवार, फागुन २९ २०८०
मंगलवार, फागुन २९ २०८०
  • images
    images
    उपप्रधानमन्त्री श्रेष्ठसँग विभिन्न मुलुकका राजदुतहरुसँग भेट, कसले के भने ?

    नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    images
    images

    मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषय र सहयोग विस्तार सम्बन्धमा छलफल भएको मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । 

    भेटमा राजदूत गोडेरले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको मन्त्रालयले जनाएको छ । 


    उपप्रधानमन्त्री श्रेष्ठसँग रुसी महासङ्घका राजदूत नोभिकोभको भेट

    नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन् । 

    मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गर्न, मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन र मृत्यु भएकाका परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि आग्रह गरेका थिए । 

    भेटमा राजदूत नोभिकोभले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको मन्त्रालयले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार