images
images

बिलेट र स्पञ्ज आइरन को भन्सार महसुल अध्ययन हुने, यी सदस्यहरु छन् उपसमितिमा

बिलेट र स्पञ्ज आइरन को भन्सार महसुल अध्ययन हुने, यी सदस्यहरु छन् उपसमितिमा

मंगलवार, फागुन २९ २०८०
मंगलवार, फागुन २९ २०८०
  • बिलेट र स्पञ्ज आइरन को भन्सार महसुल अध्ययन हुने, यी सदस्यहरु छन् उपसमितिमा
    images
    images
    काठमाडौँ/  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल एवं अन्तःशुल्कका बारेमा थप अध्ययन गर्ने भएको छ ।  
     
    त्यस्तो विषयमा उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको हो । आजको प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात सदस्यीय उपसमिति गठन  गरेर भन्सार महसुल एवंम अन्तःशुल्कका बारे थप अध्ययन गर्न  सरकार अघि सरेको छ । 
     
    उपसमितिको सदस्यहरूमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मी महतो कोइरी र सूर्यमान तामाङ रहेका छन् ।  
     
    समितिको बैठकले नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । 
     
    समितिका सभापति खानले भने, “सुर्ती, खैनी तथा गुट्खा उद्योगको पूँजी तथा क्षमता वृद्धिको स्वीकृतिका सम्बन्धमा छलफल भएको थियो । 
     
    नेपालमा सञ्चालित विभिन्न किसिमका सुर्र्ती, खैनी तथा गुट्खा उद्योगको विवरण लिने, सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्थाबारे विवरण उपलब्ध गराउने, वार्षिक रूपमा हुने आयातको विवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको छ ।”
     
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लक्ष्मी महतो कोइरीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने उद्योगमा लगानी गर्न नहुने बताए । 
     
    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले स्थानीय तहले सुर्ती, गुट्खाजन्य कुराको बन्द गर्ने तर सङ्घीय सरकारले उत्पादनको क्षमतामा वृद्धि गर्ने जस्ता निर्देशन दिने कुरा बाझिएको बताए । 
     
    नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले नयाँ उद्योगलाई सुर्तीजन्य उत्पादनको क्षमता बढाउनुभन्दा जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार