काठमाडौँ / बुधबार रेकर्ड मूल्यबाट घटेर कारोबार भएको सुनको भाउ बिहीबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आज बढेर १ लाख २५ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै, १ लाख २४ हजार ४ सय रुपैयाँ रहेको तेजावी सुनलाई १ लाख २५ हजार २ सय रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ प्रतितोला ५० रुपैयाँ बढेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर १ हजार ५ सय १५ रुपैयाँ पुगेको हो ।