चर्चित समाचार
  • मलेसियामा विजनेस गरिरहेका केसीको विज्ञप्ति : मिडियामा आएको समाचार तथ्यहीन, भ्रमपूर्ण छ

    मलेसियामा विजनेस गरिरहेका केसीको विज्ञप्ति : मिडियामा आएको समाचार तथ्यहीन, भ्रमपूर्ण छ

    बिहिवार, चैत १ २०८०
    बिहिवार, चैत १ २०८०
  • images
    images
    मलेसियामा विजनेस गरिरहेका केसीको विज्ञप्ति : मिडियामा आएको समाचार तथ्यहीन, भ्रमपूर्ण छ

    काठमाडौँ / विगत २० वर्षदेखि मलेसियामा विजनेस गरिरहेका नेत्र केसीले आफ्नो व्यक्तिगत जीवनप्रति विभिन्न लाञ्छाना लगाउँदै केही मिडियाले भ्रमपूर्ण सामाचार छापेको भन्दै आपत्ति प्रकट गरेका छन् । 

    उनले उक्त समाचारप्रति खण्डन गर्दै विज्ञप्तिमा भनेका छन्, ‘नेपालमा विदेशी मुद्रा भित्र्याउन उल्लेखनिय भूमिका खेलिरहेको म जस्ता धेरै सच्चा नेपालीहरूको मनमा चोट पुगेको छ ।’ 

    यस्ता मिडियाका नाउँमा खेलो फड्को गर्दै भ्रम छर्न उद्यत मिडियाका कारण राज्यले बनाउँदै गरेको लगानीको वातावरण समेतमा असर पार्ने केसीले बताएका छन् ।

    उद्योगी केसीले मलेसियामा नेपाली पिडित तथा सर्वसाधरणसँग अनुचित लाभहानीका लागि पैसा उठाएको भन्ने विषयमा समाचारहरू आएको थियो । 

    उनले यस्तो गलत हर्कत हुनै नसक्ने भन्दै विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् । नेपालको स्याङ्जा घर भएका केसी मलेसियामा उद्योग व्यवसायमा जमेका नेपाली मध्ये एक हुन् । रेष्टुराँ, ट्राभललगायत विभिन्न क्षेत्रमा उनको लगानी छ । उनी मलेसियामा स्वच्छ छवि भएका परिश्रमी व्यवसायीको रूपमा पनि चिनिन्छन् । 

    उनले भनेका छन्, बरु मैले आफ्नो व्यवासायमा कयौँलाई रोजगारी सिर्जना गरेको छु साथै विभिन्न क्षेत्रमा दुःखी पिडित अशक्तहरूका लागि आर्थिक/सामाजिक सहयोग पनि पुर्याएको छु । मानब धर्मका नाताले आफ्नो आम्दानीको केही हिस्सा मानव सेवामा सहयोग गरेको छु ।’ 

    भ्रमपूर्ण सञ्चार गराउने  मिडियालाई कारवाहीको दायरामा ल्याउन समेत उनले नेपाल सरकारका निकायसँग आग्रह गरेका छन् । 

    त्यस विषय गलत तथ्यहीन र भ्रमपूर्ण भएकोले आफ्नो शुभचिन्तकहरूलाई विश्वस्त हुन भनेका छन् । 

    मुलुकमा काम गरेर खाने वातावरण अनुकूल बनाउँदै विदेशमा रहेका सच्चा नेपालीहरूलाई नेपाल आएर उद्योग÷ व्यवसाय खोल्ने वातावरण सिर्जना पनि उनले विज्ञप्ति मार्फत आग्रह गरेका छन् । 

    हेर्नुस् विज्ञप्तिसहित

    Screenshot 2024-03-14 154103.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार