images
images

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ आइतार बाँडफाँट हुने, हात खाली हुने कति ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ आइतार बाँडफाँट हुने, हात खाली हुने कति ?

बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ आइतार बाँडफाँट हुने, हात खाली हुने कति ?
    images
    images

    काठमाडौँ / गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आइपिओ) आइतवार अर्थात माघ ६ गते बाँडफाँट हुने भएको छ ।
    आइपिओको प्रि अलोटमेन्ट भने यही माघ २ गते सम्पन्न भइसकेकाले आइतवार बिहान बाँडफाँट गर्ने तयारी गरेको विक्री प्रबन्धक कुमारी क्यापिटले जनाएको छ । 

    सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपिओमा मागभन्दा १३ दशमलव ६६ गुणा बढी आवेदन परेको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार जारी गरिएको शेयर शुरुमा १० कित्ताका दरले पुगेसम्म सबैलाई बाँडफाँट गर्नुपर्छ । यसको आधारमा आईपीओ गोला प्रथाद्धारा बाँडफाट हुनेछ । 

    कम्पनीको आइपिओ १९ लाख ८ हजार ४३१ जनाले भरेका छन् ।  अनलाइन प्रणाली मेरो शेयरमार्फत कम्पनीको आइपिओमा आवेदन परेको हो ।
    कम्पनीको आइपिओ बाँडफाँटका क्रममा १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाउने छन्  । १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुलेकोमा २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन परेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार