images

शिवम् सिमेन्टले सेयरधनीहरूलाई ९ प्रतिशत लाभांस वितरण गर्ने

शिवम् सिमेन्टले सेयरधनीहरूलाई ९ प्रतिशत लाभांस वितरण गर्ने

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • images
    images
    शिवम् सिमेन्टले सेयरधनीहरूलाई ९ प्रतिशत लाभांस वितरण गर्ने

    काठमाडौँ / शिवम् सिमेन्ट्स लिमिटेडका सेयरधनीहरूले ९ लाभांश प्राप्त गर्ने भएका छन् । कम्पनीको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक साधारणले आफ्ना शेयरधनीहरूलाई चुक्तापुँजी ५ अर्ब २ करोड ७० लाखको ८.५५ प्रतिशतका दरले हुने ४२ करोड ९८ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो । 

    सभाले १०० रुपैयाँ दरका ४२ हजार ९८ लाख ८५ थान वोनस सेयर र उक्त वोनश सेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्तापुँजीको ०.४५ प्रतिशतका दरले हुने २ करोड २६ लाख २१ हजार ५ सय रुपैयाँ नगद लाभांससहित कुल जम्मा ९ नौ प्रतिशतका दरले लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    शिवम् सिमेन्ट्सका सञ्चालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौँमा आयोजना गरेको सभाले कम्पनी सञ्चालक समितिको निर्णयले वार्षिक साधारण सभा समक्ष पारित गर्न प्रस्तावित वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका विवरणहरू पारित गरेको छ । 

    आगामी आ. व. २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने समेतका सामान्य प्रस्तावहरू र वोनस सेयर वितरण गरे पश्चात कम्पनीको चुक्ता र जारीपुँजी समेत बृद्धि भई कम्पनीको जारी तथा चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ कायम गर्ने समेतका सबै सामान्य र  विशेष प्रस्तावहरू पारीत गरी वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय