images
images

फ्लोरा एक्स्पो आजदेखि सुरु, करिब एक करोड रुपैयाँको कारोबार हुने अपेक्षा

फ्लोरा एक्स्पो आजदेखि सुरु, करिब एक करोड रुपैयाँको कारोबार हुने अपेक्षा

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • फ्लोरा एक्स्पो आजदेखि सुरु, करिब एक करोड रुपैयाँको कारोबार हुने अपेक्षा

    काठमाडौँ / फ्लोरिकल्चर एशोसिएसन अफ नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह-आयोजनामा आज (बिहीबार)देखि २५ औँ फ्लोरा एक्स्पो २०८० सुरु भएको छ । भृकुटिमण्डप प्रदर्शनी हल काठमाडौँमा आयोजना हुने उक्त फ्लोरा एक्स्पो चार दिनसम्म चल्नेछ ।

    images
    images

    एशोसिएसनले ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ एक्स्पो आयोजना गर्न लागेको हो । 

    उक्त मेला अवलोकन गर्नका लागि सर्वसाधारणले १५० रुपैयाँ र विद्यार्थीले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ । 

    nursry1.jpg

    एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तका अनुसार फ्लोरा एक्स्पोमा व्यवसायिक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा,  प्रतियोगितात्मक प्रदर्शनी १ स्टल र १ वटा फूड स्टलसहित जम्मा ७३ वटा स्टल रहनेछ । 

    फ्लोरा एक्स्पो अवधि भित्र ५० हजारले अवलोकन गर्ने अनुमान छ । चार दिनमा करिब एक करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

    nursary.jpg

    पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको लागि एशोसिएसनले हरेक बर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला–प्रदर्शनीको आयोजना गर्दै आईरहेको छ।

    मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ। 

    flora expo1.jpg

    पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलाङ्कारिक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्‌लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाई प्रबिधी, आधुनिक पुष्प खेती प्रबिधी, जैबिक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहेका छन् । 

    flora news.jpg

    एसोसिएसनले मेला आयोजनाकै अवसरमा चैत्र ४ गते आइतबार, बिहान १० बजेबाट लाईन्स क्लब अफ काठमाडौँ ग्लोबल फ्लोरिकल्चरको सहकार्यमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार