images
images

चिया निर्यातमा देखिएको समस्या समाधान गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

चिया निर्यातमा देखिएको समस्या समाधान गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • चिया निर्यातमा देखिएको समस्या समाधान गर्ने प्रधानमन्त्री ओलीको आश्वासन
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको बजार प्रवर्द्धन र विस्तारमा विशेष ध्यान दिन उद्यमीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिएका हुन् । 

    साथै, उनले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने आश्वासन दिएका छन् । 

    औपचारिक र अनौचारिक दुवै संयन्त्रबाट समस्याको समाधानका लागि पहल गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए । 

    सो क्रममा प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक ६ अर्बको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकोमा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया)मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेको जानकारी दिए । जसले गर्दा नेपाली उद्यमीलाई समस्या परेको उनले बताए । 

    ती संस्थाले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति र महसुलको प्रबन्ध गरिनुपर्नेलगायत माग प्रधानमन्त्रीसमक्ष गरेका छन्। 

    बढ्दै चिया निर्यात 

    भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात बढेको छ । चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातमा सरकारले सहजीकरण गरिदिनुपर्ने बताए । 

    भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ। 

    कार्यालयको तथ्याङ्कानुसार (साउन-पुस)सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।

    सोही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । गत आव २०८०/८१ को सोही अवधिमा एक अर्ब ९० करोड ५ लाख ६ हजार बराबरको चिया निर्यात भएको थियो ।

    कोभिड सङ्क्रमणका कारण तहसनहस बनेको नेपाली चियाको विदेशी बजार विस्तार हुन थालेपछि व्यवसायीहरू उत्साहित छन् । 

    तेस्रो मुलुक निर्यात हुने चियाका लागि अर्गानिक प्रमाणीकरण पहिलो सर्त नै हुने गरेको छ । अर्गानिक प्रमाणीकरण गर्न निकै खर्चिलो हुने भएकाले धेरै किसानले प्रमाणीकरण गर्न नै सक्दैनन् तर प्रमाणीकरण निरन्तर भइरहेको प्रमाणपत्र भएका सहकारीको भने तयारी चिया विदेश पठाउन सजिलो भएको महासचिव राईको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार