images
images

आगामी तीन दिनको मौसम : पहाडी भूभागमा बदलीको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

आगामी तीन दिनको मौसम : पहाडी भूभागमा बदलीको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • आगामी तीन दिनको मौसम : पहाडी भूभागमा बदलीको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

    images
    images

    हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएको छ।

    शनिबार देशका पहाडी भुभागमा आंशिक बदली र बाँकि भुभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार