images
images

सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ बढ्यो, महँगियो चाँदी पनि

सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ बढ्यो, महँगियो चाँदी पनि

मंगलवार, चैत ६ २०८०
मंगलवार, चैत ६ २०८०
  • सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ बढ्यो, महँगियो चाँदी पनि

    काठमाडौँ / मङ्गलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बृद्धि भएको हो ।

    images
    images

    मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ । यसअघि भने यो सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँबाट बढेर १ लाख २४ हजार ६ सय रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ हजार ५ सय २५ रुपैयाँ पुगेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार