काठमाडौँ / बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर भएको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारकै मूल्यमा बुधबार पनि सुनको कारोबार हुनेछ । आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजावी सुन १ लाख २४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ५ सय २५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ५ सय २० रुपैयाँ कायम भएको हो ।