images
images

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सोमवार, चैत १२ २०८०
सोमवार, चैत १२ २०८०
  • बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / सोमबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार दुई दिन सार्वजनिक बिदाका कारण बन्द भई सोमबार खुलेको बजारमा सुनचाँदीको भाउ सामान्य बढेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

    images
    images

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख २६ हजार १ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यता, चाँदीको भाउसमेत प्रतितोला १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ५ सय रुपैयाँ कायम भएको चाँदीलाई आज १ हजार ५ सय १५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार