images
images

वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु

वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु

सोमवार, चैत १२ २०८०
सोमवार, चैत १२ २०८०
  • वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु

    काठमाडौँ / पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ ।

    images
    images

    विमागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिएका छन् । 

    जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन् । सगरमाथा आरोहणको पनि आरोहण अनुमतिका लागि प्रक्रियामा रहेको र भोलिदेखि अनुमति दिन सुरु गरिने विभागले जनाएको छ ।

    वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउँछन् । विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सय ७८ ले अनुमति लिएका थिए । यो वर्ष पनि सोही सङ्ख्यामा आरोही आउने विभागको विश्वास छ ।

    सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाले सगरमाथा आरोहणका लागि हालसम्म ३० भन्दा बढी विदेशी आरोहीले बुकिङ्ग गरेको जानकारी दिए । 

    यस्तै इमाजिन ट्रेकमार्फत पनि चिनियाँ र युरोपका आरोहीले बुकिङ गराएको कम्पनीले उल्लेख गरेको छ । हिमाल आरोहणका लागि आरोहीले अनलाईन बुकिङ गर्नसक्ने व्यवस्था मिलाईएको विभागले जनाएको छ । यसले आरोहीलाई सहज हुने विभागको विश्वास छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार