काठमाडौँ / मङ्गलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । यसअघिको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । यसअघि प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य घटेर १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख २५ हजार ८ सय रुपैयाँ रहेको छ । यता, चाँदी घटेर प्रतितोला १ हजार ५ सय ५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँ रहेको थियो ।