images
images

नेपाल–भारतबिच विद्युत आयात सम्झौता नवीकरण, टर्यो ‘लोडसेडिङ’को जोखिम

नेपाल–भारतबिच विद्युत आयात सम्झौता नवीकरण, टर्यो ‘लोडसेडिङ’को जोखिम

एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागि मात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ ।

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • नेपाल–भारतबिच विद्युत आयात सम्झौता नवीकरण, टर्यो ‘लोडसेडिङ’को जोखिम

    काठमाडौँ / नेपाली र भारतबिच तीन महिनाका लागि विद्युत आयात गर्न दिने सम्झौता नवीकरण भएको छ  । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार भारतीय पक्षले थप ३ महिनाका लागि बिजुली आयात गर्ने गरी सम्झौता नवीकरण गरेको हो । 

    images
    images

    नेपालले १ वर्षका लागि बिजुली आयात गर्ने प्रस्ताव नवीकरण गर्न पठाए पनि भारतले भने ३ महिनाका लागि मात्रै अर्थात २०८१ असार दोस्रो सातासम्मका लागि मात्रै नवीकरण गरेको हो । सम्झौता नवीकरण भएसँगै अब नेपालमा डेढ महिनाका लागि हुनसक्ने सम्भावित ‘लोडसेडिङ’को जोखिम टरेको छ । 

    सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । उनका अनुसार त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने जानकारी उनले दिए । 

    अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागि मात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ । असारपछि नेपालसँग पर्याप्त विद्युत् हुने र निर्यात समेत सुरु हुने भएकाले यो सिजन्मा आपूर्ति समस्या नहुने प्रवक्ता घोषले बताए । 

    भारतबाट ५५४ मेगावाट विद्युत् आयात गर्दा पनि नेपालको माग धान्न सकिने उनको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार