images
images

होटललाई उद्योगसरह कानुनी मान्यता दिन व्यवसायीको माग

होटललाई उद्योगसरह कानुनी मान्यता दिन व्यवसायीको माग

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • होटललाई उद्योगसरह कानुनी मान्यता दिन व्यवसायीको माग

    काठमाडौँ / उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा व्यवसायीले ठुलो लगानी भएको होटल क्षेत्रलाई सरकारले चाँडो उद्योगको मान्यता दिनुपर्ने औँल्याए । 

    images
    images

    साथै, उनीहरूले सरकारले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरिरहेको र यसले पर्यटन क्षेत्रमा नकारात्मक असर परेको बताए ।
        
    बैठकमा नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएकाले विदेशी पर्यटक आगमन खुम्चिएको दाबी गरे । 

    अध्यक्ष ढकालले भारतीय नागरिकको विवाहको इभेन्ट भारतभन्दा बाहिर गर्ने प्रचलन रहेको भन्दै उक्त इभेन्ट नेपालमा गर्नसक्ने गरी नीतिगत रूपमा व्यवस्था गर्न पनि आवश्यक रहेको खाँचो औँल्याए । 

    साथै, उनले ठूलो लगानी भएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गरी बढीभन्दा बढी विदेशी पर्यटक ल्याउने योजना बनाउन पनि माग गरे । 

    होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष प्रवीनबहादुर पाण्डेले होटलमा ठूलो लगानी भए पनि उद्योगको मान्यता पाउन नसकेकेको भन्दै यस क्षेत्रलाई चाँडै उद्योगको रूपमा कानुनी मान्यता दिनुपर्ने धारणा राखे। सङ्घका अनुसार होटल क्षेत्रमा झण्डै नेपालको बजेट बराबरको लगानी रहेको छ ।

    वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हवाई टिकटमा लगाइएको करले विमान चढ्ने घटेको र यसले समग्र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको बताए । 

    उनले विमानस्थल बनाएर नचल्ने अवस्था रहेको भन्दै भएका विमानस्थलमा व्यावसायिक उडान विस्तार एयरलाइन्सलाई सहजीकरण गरिनुपर्ने औंँल्याए । 

    रेष्टुडेन्ट एण्ड बार एशोसिएशनका उपाध्यक्ष सङ्घर्ष विष्टले रेष्टुरेन्टमा पनि करोडमाथि लगानी भइरहेकाले होटल साथै यसलाई क्षेत्रलाई पनि उद्योगको रूपमा मान्यता दिन माग गरे।

    नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा)का अध्यक्ष शिव अधिकारीले जलयात्रा व्यवसाय प्रवर्द्धनका लागि नदी किनारमा अर्बौ लगानीमा खुलेका होटल रिसोर्टको लगानी संरक्षण हुने गरी नदी नीति बनाइनुपर्ने खाँचो औँल्याए । 

    टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटन बोर्डलाई अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा सक्रिय बनाइनुपर्ने बताए । 

    बैठकमा सांसदहरूले पर्यटन व्यवसायीले उठाएका मागलाई सरकारले सम्बोधन गर्नेगरी समितिले पहलकदमी लिनुपर्नेमा जोड दिए । 

    पर्यटन क्षेत्रको नीतिगत उल्झन सुधारेर, होटल क्षेत्रलाई उद्योगको मान्यता प्रदान गर्ने, वायुसेवा निगमको संस्थागत सुधार, अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनलगायत विषयमा जोड दिएर पर्यटनलाई थप चलायमान बनाउन उनीहरूको सुझाव थियो । 

    सांसदहरू प्रकाशमान सिंह, भीम आचार्य, पशुपति शमशेर जबरा, उदयशमशेर जबरा, दामोदर पौडेल बैरागी र शिशिर खनालले बोलेका थिए । 

    सांसद र व्यवसायीको कुरा सुनिसकेपछि समितिका सभापति राजकिशोर यादवले नेपालको पर्यटन र हवाई यातायात क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा सम्बद्ध सरोकारवाला निकाय एक भएर अघि बढ्नुपर्ने बताए । 

    महासङ्घले पर्यटन विकासको लागि वास्तविक मुद्दाको उठान गरेको भन्दै सो विषयमा सम्बद्ध मन्त्रालय, विभाग र सचिवहरूसँग व्यापक छलफल गरेर खाका तयार गरिने बताए । 

    महासङ्घको पर्यटन तथा हवाई यातायात समितिले देशमा पर्यटनको विकास गर्दै विदेशी मुद्रा भित्र्याएर अर्थतन्त्रको विकास गर्न संसद्को उक्त समितिलाई सात बुँदे सुझावसमेत पेस गरेको थियो । 

    विशेषगरी महासङ्घले पर्यटनको दिगो विकासका लागि टास्कफोर्सस गठन गर्नुपर्ने, भारतीय पर्यटकले नेपाल आउँदा ल्याउन पाउने नगदको सीमा बढाउनुपर्ने, तारे होटलमा लगाइएको लक्जरी कर हटाउनुपने, हवाई खरिदमा टिकटमा लगाइएको कर हटाउनुपर्नेलगायत माग गरिएको छ । 

    बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार