काठमाडौँ / शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले वृद्धि भएको हो । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएर प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
यसअघि सुनको भाउ प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ रहेको थियो । यता, तेजावी सुन प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँबाट बढेर १ लाख २९ हजार ४ सय रुपैयाँ पुगेको छ ।
यता, चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ५ सय २५ पुगेको छ ।