images
images

लुम्बिनी विकास बैङ्कका स्वतन्त्र सञ्चालक श्रेष्ठद्वारा सपथ ग्रहण

लुम्बिनी विकास बैङ्कका स्वतन्त्र सञ्चालक श्रेष्ठद्वारा सपथ ग्रहण

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • images
    images
    लुम्बिनी विकास बैङ्कका स्वतन्त्र सञ्चालक श्रेष्ठद्वारा सपथ ग्रहण

    काठमाडौँ / लुम्बिनी विकास बैङ्क लिमिटेडको सञ्चालक समितिमा नियुक्त भएका स्वतन्त्र सञ्चालक जयदेव श्रेष्ठले सपथ ग्रहण गरेका छन् । सञ्चालक समितिको फागुन ३० गते नियुक्त गरेका सञ्चालक श्रेष्ठलाई बैङ्कका अध्यक्ष चिन्तामणि भट्टराईले सपथ ग्रहण गराएका हुन् । 
     
    स्वतन्त्र सञ्चालक श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुन सङ्कायमा स्नातक, एमपिए र एमबिए उपाधि हासिल गरेका छन् । उनले सरकारी निकायहरूको अधिकृतदेखि सह-सचिव सम्मको उच्च पदमा रहि ३७ बर्ष भन्दा बढि सेवा गरेका थिए । 

    images
    images

    साथै, उनले ऋण असुली न्यायाधिकरणमा लेखा सदस्यको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका थिए । 

    “उनको कार्यकालमा उनको अनुभवबाट बैङ्कले थप उन्नति, प्रगति गर्नेछ भन्ने विश्वास लिएका छौँ,” बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैङ्कका विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।

    लुम्बिनी विकास बैङ्क लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरूसहितको सुरक्षित बैङ्किङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

    ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैङ्कले बचत निक्षेप खाताहरूमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार