images
images

डिजिटल दुनियाँमा महालक्ष्मी विकास बैंकको अविराम यात्रा, दरबारमार्गमा ‘डिजिटल भुक्तानी केन्द्र’

डिजिटल दुनियाँमा महालक्ष्मी विकास बैंकको अविराम यात्रा, दरबारमार्गमा ‘डिजिटल भुक्तानी केन्द्र’

सोमवार, पुस १५ २०८१
सोमवार, पुस १५ २०८१
  • डिजिटल दुनियाँमा महालक्ष्मी विकास बैंकको अविराम यात्रा, दरबारमार्गमा ‘डिजिटल भुक्तानी केन्द्र’
    images
    images

    काठमाडौँ /  महालक्ष्मी विकास बैंक नेपालमा हाल सञ्चालित विकास बैंकहरूमध्ये अग्रणी विकास बैंक हो । देशका ग्रामीण तथा सहरी क्षेत्रमा बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको यो बैंकले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल भुक्तानी गराउने नीति लिएको छ ।

    सो नीतिअन्तर्गत बैंकले महालक्ष्मी युएसडि इकमर्स कार्ड, महालक्ष्मी क्यूआर मचेन्ट भुक्तानी, महालक्ष्मी स्मार्ट बैंकिङ, स्मार्ट टेलर, अनलाइन मुद्दती निक्षेपलगायतका विभिन्न सेवाहरू प्रवाह गर्दै आएको छ । 

    डिजिटल दुनियाँमा अविराम यात्रा गरिरहेको यो बैङ्कले पछिल्लो आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै चेकबिनै पैसा जम्मा गर्न सकिने सुविधासमेत ल्याएको छ । बैङ्कले चेकबिनै काउन्टरबाट पैसा निकाल्ने प्रविधि, कागजबिहीन भौचर प्रविधि, कार्ड बिना नै एटिएमबाट पैसा निकाल्ने प्रविधि जस्ता डिजिटल सेवासमेत सञ्चालनमा ल्याएको छ । 

    त्यस्तै, बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमपि चिप बेस्ड ट्राभल कार्ड, इकमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । यी कार्ड जारी गर्ने विकास बैङ्कहरूमध्ये महालक्ष्मी अग्रणी बैङ्क हो ।

    अत्याधुनिक डिजिटल भुक्तानीका लागि ‘डिजिटल भुक्तानी केन्द्र’ 

    महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने उद्देश्यले डिजिटल भुक्तानी केन्द्र सञ्चालनमा ल्याएको छ । 

    शाखा कार्यालय दरबारमार्गमा सञ्चालित यो केन्द्रअन्तर्गत बैंकको नीति बमोजिम डिजिटल भुक्तानी केन्द्रमार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवाहरू प्रवाह गरिनेछ ।

    सो अन्तर्गत सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्महरूको प्रयोग गरी बैंकले सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीहरूको आवेदन तथा अध्ययन शुल्क, पिटिई, स्याट, युएसएमएल।ई, जिआरई, एसीसीए जस्ता कोर्सहरूको शुल्क तथा सेभिज शुल्कको भुक्तानी गरिदिने जनाइएको छ ।

    यसले ग्राहकहरूको नविनतम भुक्तानीका माध्यमहरूको प्रयोग गरी शुल्क भुक्तानी गर्ने चाहानाको सम्बोधन हुने बैंकको भनाइ छ । 
    यसअघि पनि महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

    डिजिटल भुक्तानीका माध्यमहरूको नविनतम् प्रयोगप्रति बैंक सधैँ प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रूपमा स्थापित हुने बैंकको  विश्वास बैंकले लिएको छ ।

    बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा छ ।

    बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एनपीआर कार्डहरूमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रीडी सुविधासमेत थपेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरूमध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।  

    यस सुविधा थप गरेसँगै ग्राहकहरूले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ । यसले ग्राहकहरूको आफ्नो कार्डको विवरण अनाधिकृत रूपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबार समेत प्रमाणीकरण हुनेछ । 

    यस प्रक्रियाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाईन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेज मार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (ओटिपी) प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ । 

    ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू, ४९ ओटा एटिएम र करिब ८ लाख ग्राहकहरू रहेका छन् ।
    नेपालमा बिकास बैंकहरूमध्ये सबैभन्दा पहिले र सबैभन्दा बढी ३.०७ अर्ब चुक्तापुँजी पुर्याउन सफल महालक्ष्मी बिकास बैंक महालक्ष्मी विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । 

    सभा एलिस रिसेप्सन सुवर्ण सम्शेर मार्ग गैह्रीधारा काठमाडौँमा बिहान १० बजे सुरु हुने जनाइएको छ । सभाले आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट शेयरधनीहरूलाई ३ प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    यस्तै, सभामा आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

    बैंकले साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार