चर्चित समाचार
images
images

त्रिविले स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि तयार गर्ने

त्रिविले स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि तयार गर्ने

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • images
    images
    त्रिविले स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि तयार गर्ने
    images
    images

    काठमाडौँ /  त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका  सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ । 

    images
    images

    आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने भएको हो ।

    विश्वविद्यालयका यही चैत १५ गतेको प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले सो निर्णय गरेको विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

    विश्वविद्यालयले हालसम्म अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र तयार गर्ने गरेकामा सरोकारवालाबाट नेपालीमा पनि सोध्न आग्रह हुँदै आएको थियो । 

    साथै तल्ला तहमा विद्यार्थीले अङ्ग्रेजी भाषामा सबै प्रश्न नबुझ्दा  सही रूपमा उत्तर लेख्न नसकेका कारण विद्यार्थीको नतिजामा असर पर्दै आएको पाइएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार