images
images

नेपालमा काम गर्न ८ महिनामा ५८९ विदेशी नागरिकले लिए श्रम स्वीकृति

नेपालमा काम गर्न ८ महिनामा ५८९ विदेशी नागरिकले लिए श्रम स्वीकृति

सोमवार, चैत १९ २०८०
सोमवार, चैत १९ २०८०
  • नेपालमा काम गर्न ८ महिनामा ५८९ विदेशी नागरिकले लिए श्रम स्वीकृति

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा नेपालमा काम गर्ने उद्देश्यले करिब ६ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन् । 

    images
    images


    श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्याङ्क अनुसार साउनदेखि फागुन मसान्तसम्ममा ५ सय ८९ जना विदेशी नागरिकले श्रम स्वीकृति लिएका हुन् ।

    तथ्याङ्क अनुसार फागुन महिनामा मात्र २९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै, फागुनसम्म गैर–नेपाली नागरिकको श्रम स्वीकृति नवीकरणको संख्या ८५० पुगेको छ । 

    फागुनमा मात्र ६३ जना विदेशी कामको नेपालमा श्रम स्वीकृति नवीकरण भएको थियो । विभागले नेपालमा काम गरिरहेका विदेशी नागरिकले श्रम स्वीकृति लिएको वा नलिएको सम्बन्धमा अनुगमन समेत गर्ने गरेको छ ।

    ८ महिनामा कुल २८ वटा प्रतिष्ठानमा यस्तो अनुगमन भएको तथ्यांक विभागको छ । फागुनमा मात्र ३ वटा प्रतिष्ठानमा अनुगमन गरिएको थियो ।

    ८ महिनामा एउटा ट्रेड यूनियन महासंघ दर्ता भएको छ । एउटा महासंघ नवीकरण भएको विभागले जनाएको छ । ट्रेड यूनियन संघ ६ वटा दर्ता भएका छन् ।

    १४ वटा संघको नवीकरण भएको समेत विभागको तथ्यांक छ । यस अवधिमा ५० वटा कम्पनीलाई श्रमिक आपूर्तिकर्ता इजाजत पत्र प्रदान गरिएको छ ।

    श्रमिक आपूर्तिकर्ता इजाजत पत्र नवीकरणको संख्या ३१७ रहेको विभागले जनाएको छ । यस अवधिमा विभागले श्रमिक आपूर्तिकर्ता कम्पनीको २३२ वटा निरिक्षण गरेको छ । यो अवधिमा ३१७ वटा श्रम विवाद समाधान गरिएको विभागले जानकारी गराएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार