चर्चित समाचार
  • स्किल वीक पाँचौं संस्करण हुदैँ, सिपबिकासको बारे जानकारी लिन सक्ने

    स्किल वीक पाँचौं संस्करण हुदैँ, सिपबिकासको बारे जानकारी लिन सक्ने

    मंगलवार, चैत २० २०८०
    मंगलवार, चैत २० २०८०
  • स्किल वीक पाँचौं संस्करण हुदैँ, सिपबिकासको बारे जानकारी लिन सक्ने

    काठमाडौँ / ग्लोकल आफ्टर स्कुलले स्किल विक कार्यक्रमको पाँचौं संस्करण गर्ने भएको छ । यो कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको लागि कडा उद्देश्य रादख्छ । 

    स्किल वीक एक हप्ते कार्यक्रम हो जसमा विभिन्न सीपमूलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययन लगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिने छ।

    कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दाे सिपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक नामक कार्यक्रम मार्च ३१ देखि अप्रिल ८ सम्म सन्चालन हुँदैछ ।

    १५ देखि ३० वर्षकाले कार्यक्रममा सहभागीता जनाउन सक्नेछन र सोहि कार्यक्रमबाट सिपबिकासको बारे जानकारी लिन सक्नेछन् । यो युवाहरुका लागि एक खुल्ला मन्च हो । 

    सम्पूर्ण आवेदन निशुल्क हुनेछन र युवाहरुले सिपका बिभिन्न किसिमका यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन्। स्किल वीकले युवाहरुलाई बिभिन्न सिपका बारेमा अन्बेशन गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्नेछ।

    यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ । यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र बिज्ञान र प्रबिधी रहेका छन् । 

    कार्यक्रमका मुख्य बिशेषताहरु -छलफल, सिपमुलक प्रस्तुती, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला, तथा मनोरन्जन रहेका छन्। मार्च ३१ देखि अप्रिल ८ सम्म बिभिन्न संघ संस्थाद्वारा अन्लाईन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने छ। 

    अप्रिल ६ मा, स्किल फेस्ट नामक अत्यन्त रमाइलो कार्यक्रम किंग्स कलेजमा सन्चालन गरिनेछ। त्यसैगरी, यस वर्षको सीप सप्ताह चारवटा विषयमा आधारित छ जसमा हरित इकोसिस्टम, डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र म्गबरिख्भ्त् अप्रेन्टिससिप पर्दछन्।

    यसका अतिरिक्त, अप्रिल ७ मा एक राउन्ड टेबल छलफल आयोजना हुँदैछ जहाँ सीप विकासलाई बढावा दिन “उद्योग – एकेडेमिया” बिचको अन्तरसम्बन्धका बारेमा छलफल हुनेछ ।

    ८ अप्रिल, समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२४ नामक भब्य कार्यक्रम सन्चालन गरिनेछ । सी ई वो अनप्लग्ड ग्लोकलको वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम हो। यो एक फोरम हो जहाँ ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नवआगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न सन्चालन गरिन्छ। कार्यक्रमको मुख्य नारा भनेको "Today Meets Tomorrow" रहेको छ ।

    स्किल वीक कार्यक्रमको महत्त्वपूर्ण पक्ष स्किल हिरो अवार्ड रहेको छ । स्किल हिरो अवार्ड सान्दर्भिक र परिणाममुखी सीप विकासलाई लागू गरेर सीप विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गरेर उत्कृष्टता प्राप्त गरेका व्यक्तिहरूलाई सम्मान गर्ने मञ्च हो । सोही दिन स्किलको क्षेत्रमा योगदान दिएका ५ जना ब्यक्तित्वहरुलाई सम्मानित गरिनेछ ।

    एफएनसीसीआई र नेपाल चेम्बर अफ कमर्सद्वारा अनुमोदित स्किल सप्ताहको सहकार्य घोषणा गर्न पाउँदा खुसी भएकाे बताएका छन् । रणनीतिक साझेदारको रूपमा यूराेपियन यूनियन, भारतीय दूतावास, यूएनएचसीआर, स्विस एजेन्सी; ENSSURE र काठमाडौं महानगरपालिका रहेका छन् । 

    होन्डा, कोका–कोला, ब्रिटिश काउन्सिल, शिभा, वर्ल्ड लिंक, र काठमाडौं वर्ल्ड स्कूल साझेदारहरूको रूपमा; पहल साझेदारको रूपमा सोल्टी काठमाडौं; गोल्छा ग्रुप द्वारा समर्थित; एयरलाइन्स साझेदारको रूपमा यति एयरलाइन्स; टेक पार्टनरको रूपमा नियो ; टिकटिङ पार्टनरको रूपमा खल्ती; ज्ञान साझेदारको रूपमा किंग्स कलेज, होटल संघ नेपाल र नाडा अटोमोबाइल संघ ; पि आर साझेदारको रूपमा प्रिज्मा विज्ञापन; आउटरिच पार्टनरको रूपमा No Next Question (NNQ) र डिजिटल मिडिया पार्टनरको रूपमा व्यास मिडिया नेटवर्क, डिश होम गो रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार