काठमाडौँ / बुधबार नेपाली बजारमा सुनचाँदीले नयाँ रकेर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर १ लाख ३३ हजार रुपैयाँ पुगेको हो ।
मङ्गलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रतितोला १ लाख ३० हजार ५ सय ५० रुपैयाँ तोकिएको तेजावी सुनलाई आज १ लाख ३२ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको मूल्यले पनि आज नयाँ रेकर्ड बनाएको छ । यसअघि प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ६ सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।