images
images

८ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब रेमिट्यान्स, कतिले लिए श्रम स्वीकृति ?

८ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब रेमिट्यान्स, कतिले लिए श्रम स्वीकृति ?

बिहिवार, चैत २२ २०८०
बिहिवार, चैत २२ २०८०
  • images
    images
    ८ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब रेमिट्यान्स, कतिले लिए श्रम स्वीकृति ?

    काठमाडौँ / चालु आथिक वर्ष २०८०/८१ को ८ महिनाको अवधिमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यो गत आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा २१ प्रतिशतले बढेको हो । गत वर्षको ८ महिनाको अवधिमा ७ अर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको थियो ।

    यस्तै, चालु आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८।८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । फागुन महिनामा मात्रै १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ६ हजार ९३२ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ जना र १ लाख ९२ हजार ५५९ रहेको थियो । 

    त्यस्तै समीक्षा अवधिमा खुद ट्रान्सफर १८।९ प्रतिशतले वृद्धि भई १० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३।९ प्रतिशतले बढेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार