images
images

पहाडी क्षेत्रमा महँगी सबैभन्दा बढी, कुन वस्तुको मूल्य कति बढ्यो ?

पहाडी क्षेत्रमा महँगी सबैभन्दा बढी, कुन वस्तुको मूल्य कति बढ्यो ?

बिहिवार, चैत २२ २०८०
बिहिवार, चैत २२ २०८०
  • images
    images
    पहाडी क्षेत्रमा महँगी सबैभन्दा बढी, कुन वस्तुको मूल्य कति बढ्यो ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ८ महिनामा महँगी दर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको  फागुन महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ ।

    images
    images

    अघिल्लो आर्थिक बर्ष २०७९/८० को सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । तथ्याङ्क अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको जानकारी दिएको हो । 

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको छ ।

    २०८० फागुन महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.९५ प्रतिशत, ७.५० प्रतिशत, ६.६७ प्रतिशत र ८.०७ प्रतिशत रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार