images
images

युरोपियन युरोको बिक्री दर १.०८ रुपैयाँ र अष्ट्रेलियन डलर १.२९ रुपैयाँले बढ्यो, अन्य मुद्राको कति पुग्यो ?

युरोपियन युरोको बिक्री दर १.०८ रुपैयाँ र अष्ट्रेलियन डलर १.२९ रुपैयाँले बढ्यो, अन्य मुद्राको कति पुग्यो ?

शुक्रवार, चैत २३ २०८०
शुक्रवार, चैत २३ २०८०
  • युरोपियन युरोको बिक्री दर १.०८ रुपैयाँ र अष्ट्रेलियन डलर १.२९ रुपैयाँले बढ्यो, अन्य मुद्राको कति पुग्यो ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ भने अन्य देशको मुद्राको भाउसमेत बढेको छ ।

    images
    images

    आज अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ २१ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ८१ पैसा पुगेको छ । यसअघि अमेरिकी डलरको भाउ एकको खरिदमा १३३ रुपैयाँ २० पैसा र बिक्रीमा २० पैसा र बिक्रीमा १३३ रुपैयाँ ८० पैसा रहेको थियो। 

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ६० पैसा र बिक्री मूल्य १४४ रुपैयाँ २४ पैसा रहेकोमा आज बढेर खरिद दर १४४ रुपैयाँ ६७ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा पुगेको छ । 

    यता, अष्ट्रेलियन डलरको भाउ बढ्दा जापानिज युआनको भाउ स्थिर रहेको छ । यसअघि ८६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १७ पैसा तोकिएको अष्ट्रेलियन डलर आज बढेर खरिदमा ८८ रुपैयाँ ०६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

    त्यस्तै, जापानिज युआन एकको खरिदमा ८ रुपैयाँ ७८ पैसा र बिक्रीमा ८ रुपैयाँ ८२ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, युएई दिरहम एकको खरिद मूल्य ३६ रुपैयाँ २८ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४४ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २८ रुपैयाँ ११ पैसा र बिक्री मूल्य २८ रुपैयाँ २३ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

    विस्तृतमा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार