images
images

ग्लोबल मनि विक २०२४ अन्तर्गत आयोजित निबन्ध प्रतियोगिताको विजेता घोषणा

ग्लोबल मनि विक २०२४ अन्तर्गत आयोजित निबन्ध प्रतियोगिताको विजेता घोषणा

शुक्रवार, चैत २३ २०८०
शुक्रवार, चैत २३ २०८०
  • ग्लोबल मनि विक २०२४ अन्तर्गत आयोजित निबन्ध प्रतियोगिताको विजेता घोषणा

    काठमाडौँ / विश्व वित्तिय सप्ताह २०२४ (ग्लोबल मनि विक २०२४) को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान) ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा भएको छ । 

    images
    images
    images
    images

    फाल्गुण ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो । 

    प्रतियोगितामा सहभागिताको अन्तिम दिन चैत्र ०७ गते साँझ ०५ बजे भित्र देशभरीबाट निबन्ध पठाई सहभागि भएका तथा प्रतियोगिताको नियम बमोजिम सामेल भएका ३२ जना प्रतियोगिहरुबाट बिजेता छनौट गरिएको छ । 

    "Initiatives in fostering financial literacy in Capital Market of Nepal" विषयमा आयोजित सो निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट किर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम भएकी छिन् । 

    काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वल विक्रम थापा द्वितीय भएका छन् । मानसरोवर बहुमुखी क्याम्पस, हुम्लामा अध्ययनरत विद्यार्थी प्रदिप घर्ति क्षेत्री तेश्रो भएक छन् । 

    प्रतियोगितामा विजेता हुने मध्ये प्रथमले रु. ५० हजार, द्वितीयले रु. २५ हजार र तृतीयले रु. १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले प्राप्त निबन्धहरुको अध्ययन तथा विजेता छनौट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्ण कुमार गिरी र सन्दिप राणा सहित गठन गरेको ३ सदस्यीय मुल्यांकन समितिले प्राप्त निबेदनहरुउपर विषयवस्तुको प्रस्तुति, त्यसको ब्याख्या, भाषा र विषयवस्तुको कभरेजको आधारमा मुल्यांकन गरी बिजेताको छनौट गरेको हो । 

    विश्व वित्तिय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले विश्व व्यापीरुपमा बर्षेनी मनाइने अभियान हो । यो सप्ताह हरेक वर्ष Organization of Economic Cooperation and Development (OECD) को आयोजना तथा नेपाल राष्ट्र बैंकको संयोजन तथा नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणको सहसंयोजकत्वमा नेपालमा पनि मनाइने गरिएको छ । 

    विजेताहरुलाई धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार