images
images

आगामी तीन दिनसम्म कुन कुन क्षेत्रमा छ बर्षा, हिमपात र हावाहुरीको सम्भावना ?

आगामी तीन दिनसम्म कुन कुन क्षेत्रमा छ बर्षा, हिमपात र हावाहुरीको सम्भावना ?

शनिवार, चैत २४ २०८०
शनिवार, चैत २४ २०८०
  • images
    images
    आगामी तीन दिनसम्म कुन कुन क्षेत्रमा छ बर्षा, हिमपात र हावाहुरीको सम्भावना ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। हाल गण्डकी र कर्णाली प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको छ।

    images
    images

    शनिबार गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

    आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत लुम्बिनी  र  गण्डकी  प्रदेशको तराई भूभागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

    सोमबार देशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     बर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार