images
Logo
images
images
images

स्थानीय र व्यवसायीको समस्या समाधान गरेर ठमेल र दरबारमार्ग चौबीसै घण्टा खोल्छौँ : गृहमन्त्री लामिछाने

स्थानीय र व्यवसायीको समस्या समाधान गरेर ठमेल र दरबारमार्ग चौबीसै घण्टा खोल्छौँ : गृहमन्त्री लामिछाने

शनिवार, चैत २४ २०८०
शनिवार, चैत २४ २०८०
  • images
    images
    स्थानीय र व्यवसायीको समस्या समाधान गरेर ठमेल र दरबारमार्ग चौबीसै घण्टा खोल्छौँ : गृहमन्त्री लामिछाने

    काठमाडौँ / उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीयवासी र व्यवसायीको समस्या समाधान गरेर ठमेल तथा दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने बताएका छन् ।

    images
    images

    गृहमन्त्री लामिछानेले शुक्रबार मन्त्रालयमा आयोजना गरेको सरोकारवाला निकायसँगको छलफलमा सरकारले स्थानीय घरधनी र व्यवसायीको समस्या समाधान गरेर मात्र ठमेल चौबीसै घण्टा सञ्चालन गर्ने बताए । 

    उनले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई समेत समाधान हुनेगरी सरकारले काम गर्ने उल्लेख गरे । स्थानीय घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्र सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।

    गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्र अनौपचारिक रूपमा चल्नु र औपचारिक रूपमा चल्नु धेरै फरक हुने उल्लेख गरे । उनले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गबाट हुने स्पष्ट पारे । 

    ठमेल पूर्ण रूपमा व्यावसायिक क्षेत्र नभएकाले त्यहाँ स्थायी रूपमा बसोबास गर्नेको हक, अधिकारलाई मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने गृहमन्त्री लामिछानेले विश्वास व्यक्त गरे । सरकारले व्यवसाय जोेगाउनका लागि उक्त कदम चालेको उनको भनाइ थियो ।

    गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग २४सै घण्टा सञ्चालनमा आएपछि व्यवसायीकहाँ गएर खाना नखान प्रहरी प्रशासनलाई निर्देशन दिए । उनले ठमेललगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनाअनुरुप गृह मन्त्रालयले ‘एक्सन प्लान’ बनाइरहेको उल्लेख गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार