images
images

सुनको मूल्य करिब ३ हजारले बढ्यो, अब प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पर्ने

सुनको मूल्य करिब ३ हजारले बढ्यो, अब प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पर्ने

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • सुनको मूल्य करिब ३ हजारले बढ्यो, अब प्रतितोला १ लाख ३५ हजार  ६ सय रुपैयाँ पर्ने

    काठमाडौँ / आइतबार सुनचाँदीको मूल्य प्रतितोला करिब ३ हजार रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो ।

    images
    images

    गत शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ तोकिएको छापावाल सुन आज बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको हो । यससँगै शनिबार बन्द रहेको नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य हालसम्मकै महँगो पर्ने भएको छ ।

    पछिल्लो साता यता अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको भाउ आकाशिएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँबाट १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ पनि हालसम्मकै उच्च भएको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ६ सय १५ रुपैयाँ तोकिएको चाँदीलाई आज १ हजार ६ सय ७० रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार