images
images

मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १८ प्रतिशतले बढ्यो, कतिको भयो कारोबार ?

मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १८ प्रतिशतले बढ्यो, कतिको भयो कारोबार ?

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १८ प्रतिशतले बढ्यो, कतिको भयो कारोबार ?

    काठमाडौँ / पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १८ प्रतिशत बढीले बढेका छन्।

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेको छ। 

    अघिल्लो वर्ष फागुनसम्म यो संख्या २ करोड ६५ हजार २६७ थियो। यो हिसाबले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ वर्षको अवधिमा १८.५३ प्रतिशतले बढेको छ।

    ५२ प्रतिशतले बढ्यो मोबाइल बैंकिङ कारोबार

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुनसम्म मोबाइल बैंकिङबाट २ खर्ब ९१ अर्ब ९५ करोड ४० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। 

    अघिल्लो वर्ष यही अवधिसम्म मोबाइल बैंकिङबाट १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँबराबरको भुक्तानी भएको थियो। मोबाइल बैंकिङबाट हुने कारोबार पनि ५२.२० प्रतिशतले बढेको छ।

    यसैगरी, समीक्षा अवधिमा १ करोड ८७ लाख ४९ हजार बराबरका इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूमार्फत १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ । 

    गत असार मसान्तमा १ करोड ६८ लाख ४३ हजार इन्टरनेट प्रयोगकर्ताहरूमार्फत १५ अर्ब ६३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । तुलनात्मक रूपमा यो वर्ष इन्टरनेट बैंकिङ प्रयोगकर्ता र कारोबार दुवै घट्न पुगेको हो । 

    कुन भुक्तानी सुविधाबाट कति भयो कारोबार ?

    आरटीजीएस– ३४ खर्ब ५३ अर्ब ७४ करोड ७० लाख रुपैयाँ
    एटीएम– क्यास वीथ ड्र– ८८ अर्ब ७ करोड रुपैयाँ
    इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (ईसीसी)– ४ खर्ब ८० अर्ब ५० करोड ५० लाख रुपैयाँ
    कनेक्ट आईपीएस– ४ खर्ब ८३ अर्ब १८ करोड २० लाख रुपैयाँ
    डेविट कार्ड– ९१ अर्ब ४८ करोड रुपैयाँ
    क्रेडिट कार्ड– १ अर्ब ७६ करोड ८० लाख रुपैयाँ
    प्रिपेड कार्ड– ६१ करोड ९० लाख रुपैयाँ
    ब्रान्चलेस बैंकिङ– १ अर्ब ५८ करोड १० लाख रुपैयाँ
    वालेट– २४ अर्ब २ करोड रुपैयाँ
    क्यूआर पेमेन्ट– ४२ अर्ब ५६ करोड रुपैयाँ
    पोइन्ट अफ सेल्स् (पीओएस)– ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ
    ई–कमर्स– ६० करोड ६० लाख रुपैयाँ 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार