काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज सोमबारको विदशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरो सामान्य घटेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ११ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । आइतबारको तुलनामा आज युरो एक पैसाले महँगिएको हो ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५७ पैसा र बिक्री दर ८७ रुपैयाँ ९६ पैसा तोकिएकोमा आज घटेर खरिद मूल्य ८७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ८८ पैसा पर्नेछ ।
यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६१ पैसा रहेको छ ।
साउदी रियालको भाउ स्थिर हुँदा आज कतारी रियाल भने महँगिएको छ । यसअघि एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३८ पैसा तोकिएको कतारी रियाललाई आज खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।
यसैगरी कुवेती दिनार एकको खरिद दर ४३२ रुपैयाँ ४६ पैसा र बिक्री दर ४३४ रुपैयाँ ४१ पैसा पर्नेछ ।
विस्तृतमा हेर्नुस्