images
images

दैनिक नयाँ उचाइमा सुनचाँदीको मूल्य, आज प्रतितोला कति पुग्यो ?

दैनिक नयाँ उचाइमा सुनचाँदीको मूल्य, आज प्रतितोला कति पुग्यो ?

सोमवार, चैत २६ २०८०
सोमवार, चैत २६ २०८०
  • दैनिक नयाँ उचाइमा सुनचाँदीको मूल्य, आज प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य आज पुनः ६ सय रुपैयाँले बढेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ पनि आकाशिएको छ । यसअघि प्रतितोला १ हजार ६ सय ७० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ६ सय ८५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार