images
images

धरानमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा उद्घाटन

धरानमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा उद्घाटन

मंगलवार, चैत २७ २०८०
मंगलवार, चैत २७ २०८०
  • धरानमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा उद्घाटन

    काठमाडौँ / स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मुकुम्लुङ कम्प्लेक्स रमाइलो चोकमा मा नयाँ शाखा उद्घाटन गरेको छ । धरानमा रहेको उक्त शाखा आईतबार उद्घाटन भएको हो ।

    images
    images

    उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्र चाम्लागाई मैनाली,भेट्रान सर्भिसेस ब्रिटीस गोर्खा नोपलका रिटायर्ड मेजर मान बहादुर गुरुङ र स्ट्याण्डर्ड चाटर्ड बैंकको डीसीईओ गोरख रानाले संयुक्त रुपमा गरेका हुन् ।

    यो नयाँ शाखाले परिष्कृत व्यक्तिगत र ग्राहक केन्द्रित अनुभवहरूको साथ बैंकिङको अन्तरक्रियात्मक रूपहरु अफर गरेको बैंकले जनाएको छ । शाखा कार्यालयमा पर्याप्त पार्किङ र एटीएम सुविधा रहेको बैंकले जनाएको छ ।

    यस्तै बैठक कोठा र प्रतीक्षा लाउन्ज सहित प्राथमिकता बैंकिंग ग्राहकहरु को लागी पनि व्यवस्था गरिएको छ । यो शाखा कार्यालय स्ट्यान्डर्ड चार्टर्ड बैंकको विश्वव्यापी मापदण्ड अनुसार नयाँ डिजाइनहरू गरिएको र यसले कर्मचारीहरुलाई नयाँ तरिकाले  काम गर्न प्रेरित गर्ने बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार