images

सिद्धार्थ बैंकद्वारा बार्षिकोत्सवको अवसरमा अफर सार्वजनिक, रक्तदान, फुटसललगायतका कार्यक्रम सम्पन्न

सिद्धार्थ बैंकद्वारा बार्षिकोत्सवको अवसरमा अफर सार्वजनिक, रक्तदान, फुटसललगायतका कार्यक्रम सम्पन्न

बुधवार, पुस १० २०८१
बुधवार, पुस १० २०८१
  • images
    images
    सिद्धार्थ बैंकद्वारा बार्षिकोत्सवको अवसरमा अफर सार्वजनिक, रक्तदान, फुटसललगायतका कार्यक्रम सम्पन्न

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले स्थापना कालको २२ औँ वर्ष पूरा गरेको छ । बैंक सञ्चालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालयमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव मनाएको छ ।

    बैंकले आफ्नो वार्षिकोत्सको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको जनाएको छ । सो अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गरेका कर्मचारीहरूलाई योगदानको कदरस्वरूप अभिनन्दन समेत गरिएको छ । 

    डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्दै बैंकले ‘सिद्धार्थ बैंक २२ औँ वार्षिकोत्सव अफर’ ल्याएको छ । साथै, बैंकले देशका काठमाडौँ र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । 

    उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथसाथै, ग्राहकहरू एवं स्थानीयहरू गरी १०२ जना रक्तदाताहरूको सहभागिता रहेको थियो भने देशका अन्य बाँकी प्रदेशहरूमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय