images
images

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त

शुक्रवार, चैत ३० २०८०
शुक्रवार, चैत ३० २०८०
  • त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको रिक्त शिक्षाध्यक्ष र रजिस्ट्रारमा क्रमशः प्रा.डा. खड्ग केसी र प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।

    images
    images

    प्रधानमन्त्री कार्यालयका अनुसार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपति प्रा.डा. केशर बरालको सिफारिसमा सो नियुक्ति गरेका हुन् ।

    ६१ वर्षीय रजिष्ट्रार रिजाल धादिङ निवासी हुन् । उनले त्रिवि र अस्ट्रेलियाबाट स्नातकोत्तर रिजालले भारतको पुणे विश्वविद्यालयबाट वातावरण विज्ञानमा पीएचडी गरेका छन् । रिजालले २०४९ सालमा त्रिचन्द्र क्याम्पसबाट उपप्राध्यापकका रूपमा प्राध्यापन सुरु गरेका थिए । उनी नेपाल खुला विश्वविद्यालय विज्ञान, स्वास्थ्य र प्रविधि संकायका डिन हुन् । त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक उनी एक वर्षअघि डिन नियुक्त भएका थिए । त्यसअघि पदपूर्ति समितिका सदस्य थिए ।

    त्यस्तै, पर्वत निवासी ५६ वर्षीय शिक्षाध्यक्ष केसी २०५३ सालदेखि पृथ्वीनारायण क्याम्पस पोखराबाट प्राध्यापन पेसामा सक्रिय भएका हुन् । उनी त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका संस्थापक प्रमुखसमेत हुन । 
    त्रिविबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर उनले जापानको नागासाकी विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको बोर्ड पूर्वसदस्य हुन् । केसी सरकारले गठन गरेको गृह प्रशासन सुधार उच्चस्तरीय कार्यदलका सदस्यसमेत छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार