images
images

यूएनडिपीको विश्व वातावरण कोष साना अनुदान कार्यक्रम र उर्लाबारी नगरपालिकाको सहकार्यमा ‘स्वाती’द्वारा जलवायु परियोजना

यूएनडिपीको विश्व वातावरण कोष साना अनुदान कार्यक्रम र उर्लाबारी नगरपालिकाको सहकार्यमा ‘स्वाती’द्वारा जलवायु परियोजना

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • यूएनडिपीको विश्व वातावरण कोष साना अनुदान कार्यक्रम र उर्लाबारी नगरपालिकाको सहकार्यमा ‘स्वाती’द्वारा जलवायु परियोजना

    उर्लाबारी नगरपालिकामा गत मङ्गलबार कृषि, माटो र वातावरण सम्बन्धि जलवायु परियोजना सुरु गरिएको छ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उप–प्रमुख मिना कुमारी खतिवडा, यूएनडिपीका सहायक आवासिय प्रतिनिधि विजय सिंह तथा साना अनुदान कार्यक्रमका राष्ट्रिय संयोजक विवेकधर शर्मालगायतको उपस्थितिमा सो कार्यक्रमको सुरुवात गरिएको हो । 

    images
    images

    उर्लाबारी नगरपालिकास्थित परियोजना स्थल ‘सिसौली फार्म’मा आयोजित उक्त कार्यक्रम नमूना हुने उद्देश्यले सुरु गरिएको आयोजकको भनाइ छ । 

    “हामीले यो परियोजना नोभेम्बर २०२३ मा शुरु गर्यौँ र आजसम्म हामीले धेरै कामहरू गरिसकेका छौँ। यो अवधिमा हामीले यहाँको समुदाय, नगरपालिका तथा वडाका अधिकारीहरू र अन्य साझेदारहरूसँग समन्वय गरि सचेतना कार्यक्रम र गड्यौले मल उत्पादन तालिम पनि सञ्चालन गरिसकेका छौँ”, ‘स्वाती’की अध्यक्ष संगिता निरौलाले भनिन् । 

    त्यस्तै, यूएनडिपी साना अनुदान कार्यक्रम नेपालका राष्ट्रिय संयोजक विवेकधर शर्माले परियोजनाका लिखित र अलिखित अजेण्डाहरू दुवै पाटोमा स्वातीले उल्लेखनिय काम गरेको र यसै उर्जाका साथ अघि बढ्दा यस परियोजनालाई दिगोपन दिने विश्वास भएको भन्दै शुभकामना व्यक्त्त गरे । 

    “महिलाको सहभगिता, साझेदारहरु सँगको श्रोत परिचालन जस्ता परियोजनाका अलिखित लक्ष्यहरू हुन्छन् र यसले परियोजना को दिगोपनमा ठूलो भूमिका खेल्छन्,” शर्माले भने । “यो परियोजनालाई संसारमै एउटा नमूना र उधारणको रूपमा प्रस्तुत गर्न चाहन्छौ”, यूएनडिपीका सहायक आवासिय प्रतिनिधि विजय सिंहले भने । 

    “साथै यो परियोजनाका स्थानिय साझेदार सिसौली फार्मको लामो पारिवारिक र सामाजिक उठबसका कारण यस परियोजनालाई दिगो बनाउन ठूलो प्रत्यक्ष लाभ मिल्ने छ र हामी यसै कारण पनि परियोजनालाई निरन्तरता दिन प्रतिबद्ध छौ”, उनले थपे । 

    कार्यक्रममा परियोजना अन्तर्गत सम्पन्न एक दिने दिगो जैविक खेती सचेतना कार्यक्रम र तीनदिने गड्यौले मल उत्पादन तालिमका सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । 

     “यस वडामा बसोबास गरेको ३० बर्षमा हामीले पहिलोपल्ट तालिममा सहभागी हुन पाउँदा निकै खुसी छु र आगामी दिनमा पनि स्वातीबाट यस्तै अवसरहरू प्राप्त हुने अपेक्षा राख्दछौ”, सहभागीहरूले भने । 

    News .jpg

    यसैगरी, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले यो परियोजनाको महत्त्व र परियोजनाको स्थानिय साझेदार सिसौली फार्मको उल्लेखनिय योगदानका बारेमा प्रकाश पारे । 

    “यो परियोजनाको उदेश्य र लक्ष्यहरू समय सापेक्ष र यस नगरपालिकाका निमित्त अत्यन्त महत्त्वपूर्ण र नगरपालिकाको कार्यालयको प्राथमिकतामा परेका कुराहरु भएकाले यसको निरन्तरताका लागि सहयोग पुर्याउन हामी प्रतिवद्ध छौँ ।”, उनले भने । 

    उक्त परियोजनाले तीन मूख्य बिषयहरू माटोको उर्वराशक्त्ति बचाउन गड्यौले मलको प्रयोग, जलवायुबाट कृषिमा पर्न सक्ने नकारात्मक असरको न्यूनीकरणका निमित्त क्षमता अभिवृद्धि कार्यक्रम र सिसौली फार्ममा अवस्थित ‘सिसौली अध्ययन केन्द्र’ मार्फत परम्परागत कृषि उपकरण र शैलीको प्रवद्र्धनमा काम गर्ने लक्ष्य लिएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार