चर्चित समाचार
  • सरकारको १४ निर्णय : चालु अधिवेशन अन्त्य गर्नेदेखि सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नेसम्म

    सरकारको १४ निर्णय : चालु अधिवेशन अन्त्य गर्नेदेखि सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नेसम्म

    आइतवार, बैशाख २ २०८१
    आइतवार, बैशाख २ २०८१
  • सरकारको १४ निर्णय : चालु अधिवेशन अन्त्य गर्नेदेखि सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नेसम्म

    काठमाडौँ / सरकारले सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने भएको छ । चैत ३० गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम दुवै सदनको चालु अधिवेशन आज आइतबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने भएको हो ।

    त्यस्तै, बैठकले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम डा. अन्जान शाक्य, काठमाडौँलाई राष्टिय्रय सभाको रिक्त सदस्यमा मनोनित गर्ने राष्ट्रपतिसमक्षा सिफारिस गर्ने निर्णयसमेत गरेको छ । 

    यसैगरी, विश्व बैङ्कबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर अर्थात ६१ करोड ३५ लाख रुपैयाँ बराबरको अनुदान सहायत स्वीकार गर्ने भएको हो । नेपालमा लैङ्गिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाको लागि उक्त अनुदान लिने भएको हो ।

    त्यस्तै, नेपाल बंगलादेश वाणिज्य सचिवस्तरीय सातौँ बैठकको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) को संयोजकत्वमा वार्ता टोली गठन गर्ने सरकारको निर्णय छ । यसैगरी बैठकले डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत महसुल विवाद निरुपण गर्न रायसहित प्रतिवेदन पेस गर्न गठिन जाँचबुझ आयोगको म्यान १ महिनाका लागि थपेको छ । 

    सरकारले सन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिएको छ । यसैगरी, बैठकले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गरेको छ । 

    Screenshot 2024-04-14 150112.jpg

    2.jpg

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार