images
images

आगामी तीन दिनसम्म यी भूभागमा बर्षा, हिमपात र हावाहुरीको सम्भावना

आगामी तीन दिनसम्म यी भूभागमा बर्षा, हिमपात र हावाहुरीको सम्भावना

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • आगामी तीन दिनसम्म यी भूभागमा बर्षा, हिमपात र हावाहुरीको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ।

    images
    images

    हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । 

    आज सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू र बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यान्हपछि हावाहुरीको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    मङ्गलबार देशका पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    बुधबार कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

    लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यान्हपछि हावाहुरीको सम्भावना रहेको र साथै देशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार